आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मेलम्चीको कार्यकारी निर्देशक (ईडी) मा दास नियुक्त

सोमबार, भाद्र २ २०८२

काठमाडौँ, १ भदौ : मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक (ईडी) मा जगरनाथ दासलाई नियुक्त गरिएको छ ।

नेपाल सरकार खानेपानी मन्त्री स्तरीय निर्णयले मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यकारी निर्देशकमा नियुक्त हुनु भएका दास यस अघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका कार्यालय प्रमुख रहनु भएको र उहाँले आजै मेलम्चीको कार्यकारी निर्देशकको रुपमा पदवहाली गर्नुभएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

त्यसैगरी मेलम्ची खानेपानी विकास समितिका तत्कालिन कार्यकारी निर्देशक ई रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको छ ।

विभागको परिवर्तित स्थायी संरचना अनुसार तीन जना उपमहानिर्देशकको दरबन्दी रहेकोमा हाल तीनै जना उपमहानिर्देशक नियुक्त हुनु भएपछि विभागले पूर्णता पाएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “तीनै वटा महाशाखा प्रमुखहरुको पदपूर्ति भएको छ । विभागले गत आर्थिक वर्षमा ९० प्रतिशत प्रगति हासिल गरेकोमा, अबको चालु आर्थिक वर्षमा शत प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य लिएको छ ।”

यसैगरी महानिर्देशक ई श्रेष्ठले आर्थिक वर्षको सुरुमा नै महाशाखा प्रमुखहरुको दरबन्दीले पूर्णता पाएपछि विभागले अझ रफ्तारमा थप प्रगतिका कार्य सम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उपमहानिर्देशक लामिछानेलाई खानेपानी महाशाखा, ढल तथा सरसफाइ व्यवस्थापन महाशाखामा उपमहानिर्देशक बालमुकुन्द श्रेष्ठ र सेवा नियमन तथा समन्वय महाशाखाको जिम्मेवारी उपमहानिर्देशक नारायणप्रसाद आचार्यलाई तोकिएको विभागले जनाएको छ ।

नवनियुक्त उपमहानिर्देशक लामिछानेलाई आजै विभागका महानिर्देशक ई श्रेष्ठले उहाँलाई स्वागत सहित पद बहाली गराउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार