आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

ग्लोबल आइएमई बैंकले कमायो ६ अर्ब २० करोड नाफा

बुधबार, साउन २८ २०८२

काठमाडौं(जस)–ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षसम्म ४ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेर ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले कमाएको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १.१० प्रतिशतले मात्रै बढी हो ।अघिल्लो आर्थिक वर्ष २०८०÷८१ बैंकले ६ अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
अघिल्लो वर्ष १६ अर्ब ८५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत वर्ष सामान्य घटेर १६ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ । यस बैंकले गत वर्ष २१ अर्ब ३७ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी २० अर्ब ६५ करोड रुपैयाँ थियो । यद्यपि बैंकको सञ्चालन नाफा भने २.७५ प्रतिशतको गिरावट सहित ८ अर्ब ७७ करोड रुपैयाँमा झरेको छ ।
जुन अघिल्लो वर्ष ९ अर्ब १ करोड रुपैयाँ थियो । यससँगै बैंकको प्रतिशेयर आम्दानी १६.९९ रुपैयाँबाट घटेर १६.२८ प्रतिशतमा झरेको छ । चुक्ता पुँजी सबैभन्दा बढी अर्थात् ३८ अर्ब ११ करोड रुपैयाँ रहेको यस बैंकको रिजर्भमा २४ अर्ब १० करोड रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा अघिल्लो वर्ष ५० करोड ६७ लाख रुपैयाँ रहेकोमा गत वर्ष ९६१.६० प्रतिशतको बढेर ५ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ४.१७ प्रतिशतबाट बढेर ४.८७ प्रतिशत कायम भएको भने प्रतिसेयर नेटवर्थ १७७.६३ रुपैयाँ कायम भएको छ । यस बैंकले ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार