आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने

बुधबार, साउन २८ २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्नुहुने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिनु भयो ।

तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश फर्कनुभएको हो । प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार