आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मलद्वारमा लुकाइ ल्याएको लागू औषध सहित पौडेल पक्राउ

निश्चल दाहाल

मंगलबार, साउन २७ २०८२

झापा- लागूऔषध ब्राउन सुगरसहित एक युवक भद्रपुरमा पक्राउ परेका छन् । भद्रपुर नगरपालिका, गार्मेन्ट चोकमा बसोबास गर्ने २९ वर्षीय सागर पौडेल पक्राउ परेको जिप्रका झापाले बताएको छ।

प्रहरीका अनुसार आज दिनको करिब ५३० बजे तिरको समयमा सीमा नाका भद्रपुर नगरपालिकाको मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको मे ७ प २८९१ नम्बरको मोटरसाइकल चालक पौडेल सग ब्राउन सुगर पाएको हो।
पौडेलले आफ्नो मलद्वारभित्र लुकाइ ल्याउँदै गरेको ५ ग्राम ७ मिलिग्राम ब्राउनसुगर प्रहरिले फेला पारि उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाही का लागि प्रहरी कार्यालय झापामा राखेको प्रहरी श्रोतले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार