आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मेनपावर नवीकरणमा समस्या परे एशोसिएसनले सहयोग गर्ने

सोमबार, साउन २६ २०८२

काठमाडौं (जस)–नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले मेनपावर कम्पनी नवीकरणमा समस्या परे सहयोग गर्ने भएको छ । एशोसिएसन अध्यक्ष दीपक थापाले एक विज्ञप्ति जारी गर्दै नवीकरण कार्यमा केही समस्या भएमा लोकतान्त्रिक एशोसिएसन हिजो, आज र भोलिका दिनहरुमा समेत साथमा रहने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
‘आ.व २०८१÷०८२ मा १०० जना कामदार नपुगेका कारण ईजाजतपत्रहरू नविकरण नभएको समस्यालाई लोकतान्त्रिक एशोसिएसनले अत्यन्तै गम्भिर र संवेदनशील रूपमा लिएर निरन्तर रुपमा अगाडि बढिरहेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, माननीय शरत सिंह भण्डारी, संघका अध्यक्ष भूवनसिंह गुरुङ, सल्लाहकारहरु र बैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भटराईसमक्ष ब्यवसायीहरुले ईजाजतपत्र नविकरणमा झेल्नु परेका समस्या समाधानको बारेमा लोकतान्त्रिक एशोसिएसनले पटक–पटक गरेको गहन छलफलले आज पूर्णरूपमा सार्थकता पाएका छौ’, विज्ञप्तिमा छ ।
थापाद्धारा जारी विज्ञप्तिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, संघका अध्यक्ष भूवन सिंह गुरुङ ,प्रति विशेष रुपमा हार्दिक धन्यवाद व्यक्त गरिएको छ भने सम्पूर्ण व्यवसायीलगायत सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार