शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सामसुङ नेपालको स्मार्टफोन मर्मतका लागि ‘सामसुङ मनसुन क्याम्प’ सुरु

सोमबार, साउन २६ २०८२

काठमाडौं(जस)–मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइललाई मर्मत गर्नका निम्ति सामसुङ् नेपालले सामसुङ् मनसुन क्याम्प सुरु गरेको छ । यो सेवा ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको हो ।
यो ग्राहक सेवा अभियान २०२५ अगस्ट २४सम्म सञ्चालन हुनेछ, जस अन्तर्गत सामसुङ् प्रयोगकर्ताहरूले वारंटी भए÷नभएको कुराले फरक नपारी, अधिकृत सामसुङ् सेवा केन्द्रमा गएर नुक्सान भएको चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन्। यद्यपि, चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क हुनेछ, श्रम शुल्क र थप पाट्र्सको लागत ग्राहकले आफैंले व्यहोर्नु पर्नेछ । यो सेवा केवल सामसुङ् का अधिकृत सेवा केन्द्रहरूमा मात्र उपलब्ध हुनेछ ।
सामसुङ् नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख (सिआर) राजन भट्टराई भन्छन्, ‘सामसुङ् नेपालमा हामी हाम्रो ग्राहकलाई मौसम जे भए पनि टेन्सन–फ्री अनुभव दिन प्रतिबद्ध छौं । वर्षामा विशेष गरी चार्जिङ पोर्टमा असर गर्ने चिस्यान र पानीका जोखिमहरू बढ्छन् । त्यसैले हामी मनसुन क्याम्प मार्फत समयमै मर्मत सुविधा दिन चाहन्छौं, ताकि हाम्रा प्रयोगकर्ताले आफ्ना फोन प्रयोग गर्न सकून् ।’

प्रतिक्रिया
सम्बन्धित समाचार