आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

शुक्रबार, साउन २३ २०८२

काठमाडौं, २३ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका् ७ बस्ने तनहुँ भानु नगरपालिका ११ घर भएका ५५ वर्षीय योगराज गुरूङ, काठमाडौं चन्द्रागिरी नगरपालिका ४ बस्ने सर्लाही लालबन्दी नगरपालिका ४ घर भएका ३८ वर्षीया खेम कुमारी श्रेष्ठ मानन्धर, काठमाडौं टोखा नगरपालिका ७ बस्ने बाग्लुङ जैमिनी नगरपालिका ८ घर भएका ५२ वर्षीय रामचन्द्र शर्मा र ललितपुर, ललितपुर महानगरपालिका ४ बस्ने सुनसरी धरान उपमहानगरपालिका ११ घर भएका ६२ वर्षीय राजु मगर रहेका छन् ।

पक्राउ मध्ये योगराजले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ, खेम कुमारीले युएई पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ५ लाख रूपैयाँ, रामचन्द्रले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३५ हजार रूपैयाँ र राजुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले योगराजलाई टोखा नगरपालिका ९ बाट, खेम कुमारीलाई काठमाडौं महानगरपालिका ९ बाट र रामचन्द्रलाई काठमाडौं टोखा नगरपालिकाबाट बुधबार तथा राजुलाई ललितपुर महानगरपालिका १४ बाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार