आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

भैरहवा कारागारमा बाबुराम भट्टराई र रवि लामिछानेबीच भेटघाट

बिहिबार, साउन २२ २०८२

बुटवल, २२ साउन । नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले भैरहवा कारागारमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई भेटेका छन् । बिहीबार अध्यक्ष भट्टराईले सभापति लामिछानेलाई भेटेका हुन् ।

भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताएका छन् । उनले रास्वपाका सभापति लामिछानेप्रति आफ्नो सदभाव रहेकोले भेट्न आएको समेत बताए ।

उनले अदालतले गरेको फैसलामा टिप्पणी नगर्ने तर अहिले रवि लामिछानेमाथिको अभियोग पुष्टि नभएको बताए । लामिछाने जनताको प्रतिनिधि भएको नाताले कतै भागेर जाने सम्भावना नभएको पनि उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार