आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

चितवनमा करेन्ट लागेर गैंडा मर्यो

बुधबार, साउन २१ २०८२

चितवन, २१ साउन । चितवनको माडी नगरपालिका–२, भैरवपुरमा करेन्ट लागेर एउटा भाले गैँडा मरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार बुधबार बिहान साढे ९ बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो ।

गैँडाको खाग, खुर सुरक्षित रहेको जनाउँदै उनले कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार