सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बबई नदीको बीच भागमा फसेका दुई जनाको उद्धार

बुधबार, साउन २१ २०८२

काठमाण्डौंं, २१ साउन । बर्दियाको गुलरिया नगरपालिका–५ बालापुरमा बबई नदीको बीच भागमा फसेका दुई जनाको उद्धार गरिएको छ ।

सशस्त्र प्रहरीले स्थानीय ७५ वर्षीय मोतिलाल चौधरी र ६९ वर्षीय देवीप्रसाद थारुलाई उद्धार गरेको हो ।

चौधरी र थारु गाईवस्तु चराउन गएको बेलामा नदीमा एक्कासी पानीको बहाव बढेपछि बीच भागमा फसेका थिए ।

बबईको बीचभागमा फसेको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं। ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक नविन थापाको नेतृत्वमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले मोटरबोटको सहायतामा सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले जनाएको छ । हिजो बबईमा जलसतहले खतराको तह पार गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार