काठमाडौं, २० साउन । १७ औँ संस्करणको नाडा अटो सो, २०२५ आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा हुने भएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने प्रदर्शनी हालसम्मकै भव्य हुने आयोजकको दाबी छ ।
मंगलबार कार्यक्रमसम्बन्धी जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले गत वर्षभन्दा पनि भव्य प्रदर्शनी आयोजना गरिने जानकारी दिए ।
उनका अनुसार, शोको उद्घाटन उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम तय भएको छ ।