मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

अमेरिका पठाइदिन्छु भन्दै नौ लाख ठगी गर्ने बागलुङकी मिना कुँवार पक्राउ

मंगलबार, साउन २० २०८२

काठमाडौं, २० साउन । वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका २ बस्ने बाग्लुङ ढोरपाटन नगरपालिक ५ घर भएकी ४८ वर्षीया मिना कुँवरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मिनाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार