शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

रूस–युक्रेन युद्धमा विदेशी भाडाका सैनिकहरु संलग्न रहेको जेलेन्स्कीको आरोप

मंगलबार, साउन २० २०८२

एजेन्सी, २० साउन । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रूस–युक्रेन युद्धमा चीन, पाकिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान र केही अफ्रिकी देशका भाडाका सैनिकहरू संलग्न रहेको बताएका छन् ।

हिजो उनले पूर्वी युक्रेनको वोवचान्स्क क्षेत्रमा खटिएका युक्रेनी सैनिकहरूको मनोबल बढाउन भ्रमण गरेको बीबीसीले जनाएको छ ।

उनले त्यहाँ सैनिक कमान्डरहरूसँग फ्रन्टलाइनको स्थिति बारे जानकारी लिएको खबरमा उल्लेख छ । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा विभिन्न देशहरुका भाडामा आएका सैनिकहरू युद्धमा संलग्न रहको भन्दै त्यसको जवाफ दिने चेतावनी दिए ।

यसअघि, सन् २०२४ को अक्टोबरमा आएको एक रिपोर्टमा उत्तर कोरियाली सैनिकहरूलाई पनि युक्रेनमा रूसी सेनाको सहयोगका लागि खटाइएको खबरहरु आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार