शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

नन्दबहादुर पुनलाई माओवादीमा छैटौं वरीयता

सोमबार, साउन १९ २०८२

काठमाडौंं, १९ साउन । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई नेकपा (माओवादी केन्द्र) ले छैटौं वरीयतामा राखेको छ।

सक्रिय राजनीतिमा फर्केपछि पुनलाई माओवादीले उपाध्यक्ष मनोनीत गरेको थियो।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जोडबलमा पुनलाई सक्रिय राजनीतिमा ल्याइएको थियो।

केही दिनदेखि माओवादी स्थायी कमिटी बैठक चलिरहेको छ। यो बैठकमा उपाध्यक्ष पुन पनि सहभागी छन्। यही बेला माओवादी केन्द्रले पुनलाई छैटौं वरीयतासहित वेबसाइटमा राखेको छ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसालपछि पूर्वउपराष्ट्रपति पुनको वरीयता छ।

प्रतिक्रिया
सम्बन्धित समाचार