सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे गाडी आवजवाजतमा रोक

सोमबार, साउन १९ २०८२

कञ्चनपुर, १९ साउन । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे गाडी आवजवाजतमा रोक लगाइएको छ ।

लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे गाडी चलाउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

महाकालीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ । प्रहरीका अनुसार आज बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्यूसेक नाघेपछि गाडी चलाउन रोक लगाइएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार