काठमाडौं(जस)–बीवाईडी २०२५ फच्र्युन ग्लोबलको सूचीको ९१औं स्थानमा पर्न सफल भएको छ । सूचीमा रहेका कुल ५०० कम्पनी मध्ये चिनियाँ अटोमेकर बीवाईडी पहिलो पटक शीर्ष १०० भित्र परेको हो । सन् २०२४ मा १४३औं स्थानमा थियो । सन् २०२२ यता बीवाईडी फच्र्युन ग्लोबलको सूचीमा लगातार पर्दै आएको छ । गत वर्ष बीवाईडीले आफ्नो ग्रोथमा अप्रत्यासित उछाल देखाएको थियो । बीवाईडीका चार उद्योगको व्यापार चम्किएको थियो । कम्पनीको वार्षिक आम्दानी ७ खर्ब ७७ अर्ब चिनियाँ युआन (१४ खर्ब ३८ अर्ब रुपैयाँ) पुगेको थियो । यो बीवाईडीको आम्दानीमा २९ प्रतिशतको वृद्धि हो ।
कम्पनीले सन् २०२४ मा न्यू इनर्जी भेहिकल (एनइभी)को बिक्रीमा पनि नयाँ रेकर्ड हात पारेको थियो । बीवाईडीले गत वर्ष ४२ लाख ७० हजार युनिट न्यू इनर्जी भेहिकल बेचेको थियो । यो भनेको ४१ प्रतिशतको वार्षिक वृद्धि हो । यही व्यापारिक रफ्तारका कारण बीवाईडीले लगातार तेस्रो वर्ष पनि ग्लोबल न्यू इनर्जी पेसेन्जर भेहिकल बिक्रीमा उपाधि जित्न सफल भएको छ । जसका कारण बीवाईडी विश्व अटो बजारमा झन् झन् बलियो प्लेयर बन्दै गइरहेको छ ।
बीवाईडीको यस्तो ऐतिहासिक उछालको कारण प्राविधिक इनोभेसनकै कारण सम्भव भएको हो । कम्पनी ‘प्रविधिमा–आधारित, इनोभेसन केन्द्रित’ दर्शनको विकास गर्दै रिसर्च एण्ड डेभलपमेन्टमा गरेको लगानीका कारण नै यी उपलब्धी हासिल गर्न सफल भएकोमा विश्वास गर्छ । सन् २०२४ मा बीवाईडीले आरएण्डडीमा ५४ अर्ब २० करोड युआन खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा यो ३६ प्रतिशत बढी हो । कम्पनीले गरेको खुद नाफालाई समेत लगानीको यो आँकडालाई समेत उछिनेको छ । विगत १४ मध्ये १३ वर्ष (सन् २०११ देखि २०२४)मा आरएण्डडीमा गरिएको लगानीले बीवाईडीको खुद नाफालाई उछिनिरहेको छ । आरएण्डडीमा गरिएको लगानीकै कारण कम्पनीले ब्लेड ब्याट्री, डफआईएसयुएस इन्टेलिजेन्स बडी कन्ट्रोल सिस्टम, मेगावाट फ्ल्यास चार्जिङ लगायतका मुख्य प्रविधि आविष्कार गर्न सक्षम भएको छ ।
सन् २०२५ मा बीवाईडीले ग्लोबलाइजेसन र लोकलाइजेसनलाई आक्रामक ढंगले विस्तार गर्दै लगेको छ । बीवाईडीले १ करोड ३० लाख युनिट सवारीसाधन उत्पादन गरेर एक महत्वपूर्ण कोशेढुंगा (माइलस्टोन) हासिल गरेको छ । यो वर्षको पहिलो ६ महिनामा बीवाईडीले उत्पादन गरेका पेसेन्जर भेहिकल र पिकअप ट्रकको ओभरसिज (चीन बाहिर) बिक्री ४ लाख ७० हजार थानभन्दा बढी पुगिसकेको छ । कम्पनीले ओभर सिजलोकलाइजेसन प्रयत्नको रुपमा हङ्गेरीमा युरोपेली मुख्यालय खोल्नलाई मानेको छ ।
यस्तै, ब्राजिलको उद्योगबाट पहिलो गाडी उत्पादन गर्नु र थाइल्याण्डमा ९० हजारभन्दा बढी न्यू इनर्जी भेहिकल डेलिभरी गर्नु पनि बीवाईडीको ओभरसिज लोकलाइजेसनकै प्रयत्न हो । आजको दिनसम्म बीवाईडीको न्यू इनर्जी भेहिकल विश्वका ११२ देशहरुमा उपलब्ध छ । बीवाईडीले पछिल्लो फच्र्युन ग्लोबल ५०० माहात पारेको स्थानले नवप्रवर्तन र अन्तर्राष्ट्रियस्तरमा भइरहेको यसको विस्तार प्रतिको प्रतिबद्धतालाई झल्काउँछ । आगामी दिनमा नवीनतम् प्रविधि र विश्वव्यापी उपस्थिति मार्फत बीवाईडीले कुल दअर्थबाइ १ डिग्रीसेल्सियसू महत्त्वपूर्ण लक्ष्य सहित दिगो विकासकालागि प्रयत्नहरु जारी नै राख्नेछ ।