काठमाडौं(जस)–एथर एनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जीले एथर रिन्टाको नेपालमा औपचारिक सार्वजनिक घोषणा गर्न लागेको छ । नेपालकै प्रमुख नवप्रवर्तन तथा मोबिलिटी प्रदर्शनी नाइमा एक्सपोमा आगामी साउन २१ गते एयर रिज्टा पहिलो पटक सार्वजनिक गर्ने भएको छ । एथर रिन्टा ले भारतभर शहरी मोबिलिटीको परिभाषा फेरिदिएको छ उन्नत प्रविधि, उच्च प्रदर्शन, व्यावहारिक डिजाइन र पारिवारिक सुरक्षालाई एकै साथ समेटेर नेपाली परिवारका लागि विशेष रूपले डिजाइन गरिएको रिज्टा केवल स्कुटर होइन, आधुनिक जीवनशैलीको एक अंग हो ।
यस अवसरमा वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सूर्याश वैद्य भन्छन्, ‘रिन्टा केवल स्कुटर होइन, यो स्मार्ट मोबिलिटी समाधान हो जुन हाम्रो धेरैजसो जनसंख्याका लागि उपयुक्त छ । ४५० सिरिजको सम्पूर्ण प्रविधिलाई सरल र पहुँचयोग्य बनाउँदै ल्याइएको रिटा मार्फत हामी नेपालमा दिगो र स्मार्ट यातायातको क्रान्तिमा नेतृत्वदायी भूमिका खेल्न चाहन्छौं ।’ एथर रिन्टा विभिन्न भेरियन्ट र आकर्षक रंगहरूमा उपलब्ध हुनेछ, जसमा शक्तिशाली मोटर, लामो दायरा दिने व्याट्री, स्मार्ट कनेक्टिभिटी र थप स्टोरेज जस्ता विशेषताहरू हुनेछन् एयरको प्रमाणित प्लेटफर्ममा आधारित ।
शोमा आगन्तुकहरूले स्कुटरको प्रत्यक्ष अनुभव लिन जानकारी लिन र बुकिङको अवसर समेत पाउनेछन् । एथर रिज्टाको आगमनले नेपाली बजारमा एयरको उपस्थिति अझ सशक्त बनाउनेछ र नेपाली परिवारलाई इलेक्ट्रिकमा स्विच गर्न प्रेरित गर्नेछ न केवल वातावरणको लागि, तर भविष्यको लागि पनि हो ।