आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

बुर्जुवा पार्टीमा जस्तो सार्वजनिक रूपमा बोल्दै हिँड्ने शैली गलत : प्रचण्ड

शुक्रबार, साउन १६ २०८२

काठमाडौं, १६ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुर्जुवा पार्टीमा जस्तो सार्वजनिक रूपमा बोल्दै हिँड्ने शैली गलत भएको बताएका छन् । उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रूपमा उठाएका प्रश्नप्रति टिप्पणी गर्दै प्रचण्डले संसदवादी दलले जस्तो बोल्ने छुट नभएको बताएका हुन् ।

माओवादीको स्थायी कमिटी बैठकमा प्रचण्डले पार्टीमा जनवादी केन्द्रीयता लागू गर्नुपर्ने धारणा पनि राखेका छन् । प्रचण्डले सार्वजनिक रूपमा जनार्दन शर्माले बोलेको कुरा गलत भएको तर्क गरेका थिए । सार्वजनिक रूपमा बोल्दै हिँड्दा, जनवादी केन्द्रीयता लागू नहुँदा आन्तरिक एकतामा समस्या पर्ने प्रचण्डको भनाइ थियो ।

स्थायी कमिटीका एजेन्डाहरूमध्ये आन्तरिक एकता पनि एउटा एजेन्डा थियो । पछिल्ला दिनमा माओवादी केन्द्रमा जनार्दन शर्माले नेतृत्वमाथि प्रश्न उठाइरहेका छन् । त्यसको काउन्टरमा प्रचण्डले पनि अभिव्यक्ति दिइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार