आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनएको मुद्दाको अर्को पेसी साउन २२ गते

बिहिबार, साउन १५ २०८२

काठमाडौं(जस)–गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवादसम्बन्धी ६ वटा मुद्दाको सुनुवाइ साउन २२ मा हुने भएको छ । एनआरएनएको दुई पक्षले एकअर्काविरुद्ध दायर गरेको रिट र परराष्ट्र मन्त्रालयले महाधिवेशन सार्न महान्यायाधिवक्ताको कार्यालयमार्फत दायर गरेको निवेदन हेर्न नमिल्ने भएसँगै एक सातापछि अर्थात साउन २२ का लागि नयाँ पेसी तोकिएको हो । सर्वोच्चका न्यायाधीशहरु हरिप्रसाद फुयाँल, डा मनोजकुमार शर्मा, डा कुमार चुडालको पूर्ण इजलासमा बिहीबार तोकिएको ६ वटा मुद्दा हेर्न नमिल्नेमा परेको सर्वोच्चले जनाएको छ । यसअघि असार १९ को पूर्ण इजलासले सबै मिसिल साथै राख्ने आदेश दिएको थियो ।
एनआरएनएको १० औँ महाधिवेशन आधिकारिकता विवाद उत्पन्न भएको थियो । सर्वोच्च अदालतले २०८० चैत २१ मा १० औँ महाधिवेशन अवैध घोषणा गर्दै एकताको महाधिवेशन गर्न शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्न आदेश दिएको थियो । सो आदेशपछि पनि एनआरएनएको ११ औँ महाधिवेशन पनि स्वतः निष्कृय ठहर भएको थियो । सो आदेशपछि परराष्ट्र मन्त्रालयले तत्काल दीर्घकालीन काम नगर्न एनआरन सचिवालयलाई पत्र लेखेको थियो । सो पत्रपछि बद्री केसी समूह अदालत गएको थियो । सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ नआउँदै पत्र लेख्नु गलत भएको ठहर गर्दै पत्र कार्यान्वयन नगर्न आदेश दिएपछि केसी समूहले आफू वैधानिक भएको दाबी गर्दै आइरहेको छ ।
तर राजेन्द्र कुमार शर्माले आफू आधिकारिक दाबी गर्दै २०८१ भदौ २६ मा रिट दायर गरेको थियो । त्यसपछि केसी पक्षले साधरणसभा बोलाएपछि शर्मा समूहले एनआरएनएको अर्को समूहलाई कुनै पनि गतिविधि नगर्न,नगराउन माग गर्दै २०८१ कात्तिक ८ गते अर्को रिट दायर गरेका थिए । रिटमा एनआरएनको एकता महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयले पत्र पठाएकाले त्यसअघि केसी समूहले साधारण सभा बोलाएकाले रोक्न माग गरिएको छ । यस्तै रिटमा न्यायाधीश सपना प्रधान मल्लसहितको इजलासले केसी समूहलाई वैधानिकता नदिएकाले कुनै गतिविधि नगर्न आदेश माग गरिएको छ । अदालतमा मुद्दा विचाराधीन भएकाले केसी समूहले केही गर्न नपाउने रिटमा दाबी छ । तर, केसी समूहले आफ्नो गतिविधि रोकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार