शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री ओलीद्वारा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ

बिहिबार, साउन १५ २०८२

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमको शुभारम्भ गरेका छन् ।

विश्व फुटबल महासङ्घ (फिफा) को सहयोगमा नेपालमा ‘फिफा फुटबल फर स्कुल’ कार्यक्रम बिहीबारदेखि औपचारिक रुपमा शुभारम्भ भएको हो ।

दशरथ रङ्गशालामा आयोजित विशेष कार्यक्रमबिच प्रधानमन्त्री ओलीले विश्व फुटबल महासङ्घ (फिफा) को सहयोगमा प्राप्त करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरण पनि गरे ।

कार्यक्रमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो फुटबल रङ्गशाला निर्माण गरिने घोषणासमेत गरे ।

‘फिफा फुटबल फर स्कुल’ कार्यक्रमले फुटबललाई विद्यालय तहमा लैजान ठुलो भूमिका खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

फिफा फुटबल फर स्कुल कार्यक्रमका म्यानेजर एन्टोनियो ब्युनानो सान्चेज, प्राविधिक सल्लाहकार अल्बर्टो जियाकोमिनीले केही दिनअघि मात्र नोपलमा आएर यस कार्यक्रम सञ्चालनको जानकारी दिएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार