शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

गैँडाकोटको हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी

बुधबार, साउन १४ २०८२

मध्यबिन्दु, १४ साउन । नवलपुरको गैँडाकोट नगरपालिका–११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार बिहान १० बजेबाट आगलागी सुरु भएको हो ।

आगलागीपछि घटनास्थलमा कावासोती नगरपालिका र भरतपुर महानगरपालिकाबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ ।

आगलागीपछि घटनास्थलमा कावासोती नगरपालिका र भरतपुर महानगरपालिकाबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी छ ।

बिहान १० बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिए । आगलागीको कारण भएको क्षतिको विवरण यकिन भइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार