आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

विश्वासको मत गुमाएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गरे तीन मन्त्री नियुक्त

बुधबार, साउन १४ २०८२

मकवानपुर, १४ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले आज तीन जना मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् । लम्साललाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी तोकिन बाँकी छ । लम्सालको नियुक्तिलाई दलभित्रको सन्तुलन मिलाउने कदमको रूपमा हेरिएको छ ।

नवनियुक्त मन्त्रीले आजै सपथग्रहण गर्ने तयारी छ । बागमतीमा कांग्रेसबाट मन्त्री बनेका पाँच जनाले राजीनामा दिएका थिए । हिजो मात्रै अविश्वासको प्रस्ताव पारित भएसँगै संसदीय दलको नेताबाट लामाले विश्वास गुमाएका थिए ।

बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदैछ । कांग्रेस प्रदेश कार्यसम्पादन समितिले प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाएको छ ।

अरु प्रकृया सकेर आज दिउँसो दुईदेखि तीन बजेसम्म मतदान हुने कार्यतालिका रहेको निर्वाचन समितिका संयोजक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार