काठमाडौं, १३ असार । फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा दोलखाको शैलुङ गाउँपालिका २ घर भई काठमाडौं महानगरपालिका ६ बस्ने २८ वर्षीय राजु लामालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
राजुले काठमाडौं महानगरपलिका ३१ स्थित वडा एरियामा आफू महानगरपालिकाको फोहोर मैलाको कर्मचारी हुँ भनि रकम उठाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनले हालसम्म १३ लाख २५ हजार रुपैयाँ असुली गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।