आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइयो

मंगलबार, साउन १३ २०८२

गण्डकी, १३ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भई कास्कीको पोखरा महानगरपालिका–३०, गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ ।

पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार बेलुका भेटिएका उनीहरूलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । उनीहरूलाई पोखरा महानगरपालिका–३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहवरमा आफन्तको जिम्मा लगाइएको हो ।

धनबहादुर हराएका मध्येकी कमला हायुका पति हुन् । प्रहरीका अनुसार बेलाबेलामा बिरामी भइरहने र धामीले त्यहाँ नबस्न भनेपछि छेत्पाबाट हिँडेको उनीहरूले बताएका छन् ।

 

केटाकेटी बिरामी परिरहनेभएपछि थाकथलो छाडे उर्मिला हायूको परिवारले : प्रहरी

प्रतिक्रिया
सम्बन्धित समाचार