मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सुन्दरीजलमा फसेका तीर्थयात्रीको उद्धार

सोमबार, साउन १२ २०८२

काठमाडौँ, १२ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक नुहाउने क्रममा खोलामा फसेका तीर्थयात्रीलाई नेपाली सेनाले उद्धार गरेको छ ।

सोमबार राति करिब २ः३० बजे सुन्दरीमाई मन्दिर नजिक चार भारतीय र एक नेपाली तीर्थयात्री खोेलामा नुहाउने क्रममा एक्कासी खोलाको बहाव बढ्दा उनीहरु त्यहाँ फसेका थिए ।

उनीहरुलाई श्री चन्दननाथ गणबाट खटिएको उद्धार टोली, अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार