आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मलेसियामा ‘शीर्ष व्यवसाय उद्यमी भारतीय समुदाय’ द्वारा नेपाली व्यवसायी बलध्वज लिम्बुलाई सम्मान

शनिबार, साउन १० २०८२

मलेसिया । नेपाली व्यवसायी बाल्ध्वज लिम्बू मलेसियामा आयोजित भव्य कार्यक्रममा शीर्ष व्यापार उद्यमी भारतीय समुदाय’‘’ द्वारा सम्मानित भएका छन्।

दशकौं अघिदेखि मलेसियामा व्यवसाय र सेवाक्षेत्रमा सक्रिय लिम्बूले स्थानीय अर्थतन्त्रमा पुर्‍याएको उल्लेखनीय योगदानका लागि उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा भारत, नेपाल, मलेसिया लगायतका देशहरूबाट आएका विशिष्ट व्यवसायी, कूटनीतिज्ञ तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो। सम्मान ग्रहणपछि लिम्बूले भने, “यो सम्मानले मेरो काँधमा अझ ठूलो जिम्मेवारी थपेको छ। अब अझ बढी निष्ठा र समर्पणका साथ नेपाली समुदायको सम्मान बढाउन म कटिबद्ध छु।”

उनको निरन्तर सफलताले मलेसियामा रहेका नेपाली व्यवसायीहरूको पहिचान र प्रतिष्ठामा थप इज्जत ल्याएको व्यवसायीक समुदायले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार