नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले ट्राफिक चेकिङका नाममा भइरहेको ब्रम्हलूटबाट जनता आतंकित बनेको भन्दै रोक्न मान गरेका छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद गौतमले प्रत्येक दश कदममा चेकिङका नाममा ब्रम्हलूट भइरहेको आरोप लगाएका हुन् ।
‘सभामुख महोदय सडकमा अहिले २ वटा आतंक चलिरहेको छ । मेचीदेखि महाकालीसम्म जहाँ हेर्यो त्यँहा डिभाइडर राखिएको छ । त्यसले सडक कुरुप बनाएको छ, दुर्घटना कम भएको छैन बरु बढेको छ’, गौतमले भने, ‘अर्को ट्राफिक आतंक । हरेक दश कदममा चेकिङका नाममा जनता आतंकित भइरहेका छन् यो रोकियोस् ।’