काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा सल्लाहकारहरु नियुक्त भएका छन् । संघघको को बिधानअनुसार सल्लाहकारहरु नियुक्ति गरिएको हो । संघका अनुसार प्रमुख सल्लाहकारमा तिलक बहादुर रानाभाट (नुर अप्परच्युनिटिज ओभरसिज) , सल्लाहकारमा नवराज खत्री केसी (प्याराडाईज ईन्टरनेशनल)
र हरीबहादुर पाण्डे (फ्युचर स्टार म्यानपावर प्राली) लाई नियुक्त गरिएको छ ।
यसैगरी संघले कानुनी सल्लाहकारहरुमा प्रमुख कानुनी सल्लाहकारमा बरिष्ठ अधिबक्ता प्रोडा बिजय प्रसाद मिश्र (नेपाल बार एशोसिएसनका अध्यक्ष) र कानुनी सल्लाहकारमा अधिबक्ताअनुपम भट्टराईलाई नियुक्ति गरेको जानकारी दिएको छ ।
यसैगरी संघका अध्यक्ष भुवनसिंह गुरुङद्वारा मनोनित ४ जना सदस्यहरुले सपथ ग्रहण गरेका छन् । जसमा मोहमद जबारदिन मियाँ (अल जाफर इन्टरनेशनल प्राली), रबिन मेगाले मगर (भर्षा मेनपावर प्राली), शिब कुमार कार्की (रेडिएन्ट ओभरसिज प्राली) र सबिता कुमारी सिं (रोज ह्यूमन रिसोर्सेस प्राली)को सपथग्रहण सम्पन्न भएको छ ।