आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता

सोमबार, साउन ५ २०८२

काठमाडौं। टिमोर लेस्टे क्रिकेट फेडेरेसन र जाम्बिया क्रिकेट युनियनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसोसिएट सदस्यका रूपमा मान्यता पाएका छन्।

सिंगापुरमा सम्पन्न भएको आइसिसीको वार्षिक सम्मेलनले यी दुई राष्ट्रलाई सदस्यता दिएको हो। योसँगै आइसीसीले सदस्य राष्ट्रको संख्या ११० पुगेको छ।

यस्तै, आइसीसीले आगामी तीन वटा विश्व टेस्ट क्रिकेट च्याम्प्यिनसिपको फाइनल इङ्ल्यान्डमै हुने तय गरेको छ। अघिल्ला तीन संस्करणको फाइनल पनि इङ्ल्यान्डमै भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार