आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सिटिजन्स बैंकले ल्यायो साउनभरका लागि महिला ग्राहकलक्षित अफर

आइतबार, साउन ४ २०८२

काठमाडौं(जस)–सिटिजन्स बैंकले साउन महिनाभरका लागि “मनाऔं साउन सिटिजन्ससँग” नामक अफर सार्वजनिक गरेको छ । बैंकले साउन महिनामा महिला ग्राहकका लागि यो अफर ल्याएको हो । उक्त अफरअन्तर्गत साउन महिनाको हरेक सोमबार बैंकको जुनसुकै शाखा कार्यालयमा गएर खाता खोल्दा ग्राहकले विभिन्न उपहार पाउने जनाएको छ ।
ग्राहकले साउनको सोमबार खोलेको खातामा एक वर्षसम्म लकर कि धरौटीमा ५० प्रतिशतसम्म छूट पाउने छन् । अफरमा पहिलो वर्षमा मोबाइल बैंकिङ र डेबिट कार्ड पनि निःशुल्क प्रयोग गर्न पाइने सुविधा रहेको छ । साउन महिनामा खाता खोल्ने महिला ग्राहकले उपहारस्वरुप सौभाग्य सामग्री पनि पाउने र यो अफर सबै शाखाहरुमा साउन महिनाभर मात्र लागू हुने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार