आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सानिमा बैंकको दराजसंग महाबचत बजार योजनाका लागि सहकार्य

बिहिबार, साउन १ २०८२

काठमाडौं(जस)–सानिमा बैंकले ग्राहकहरुकालागि दराजसंग महाबचतबजार २०८२योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानीगर्दा १०% वा अधिकतम् ५ सय सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानीगर्दा १५% वा अधिकतम् ७५० सम्मको छुट प्राप्तगर्न सकिने छ ।
यो योजना २०८२ श्रावण २ देखि १५ गतेसम्म १४ दिनका लागि लागू हुनेछ । छुटका लागिग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (इएमआई) सुविधा पनि प्राप्त गर्न सक्ने छन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतमप्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार