आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नवनियुक्त सामान्य प्रशासनमन्त्री न्यौपानेद्वारा पदबहाली

बुधबार, असार ३२ २०८२

काठमाडौं(जस)–नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले बुधबार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गरेकी छन् । उनी मन्त्रालय पुग्दा मन्त्रालयका सचिव रविलाल पन्थलगायतका कर्मचारीले स्वागत अभिवादन गरेका थिए ।
पदबहाली गरेपछि उनले संघ प्रदेश र स्थानीय तहमा हुने संगठन तथा व्यवस्थापन सर्भेक्षणलाई निश्चित मापदण्डमा आधारित तुल्याउन मस्यौदा तयार गरी तीन महिनाभित्र पेस गर्न संघीय मामिला महाशाखा प्रमुखको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि रहने समिति गठन गर्ने निर्णयसम्बन्धी फाइल सदर गरिन् । नेपाल सरकारको आर्थिक वर्ष २०८२÷८३ नीति तथा कार्यक्रममा संघ प्रदेश र स्थानीय तहका संगठन तथा व्यवस्थापनको राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ ।
यसअघि मन्त्री न्यौपानेले बुधबारै पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रियसभा सदस्य न्यौपानेलाई मङ्गलबार सङ्घीय मामिला मन्त्रीमा नियुक्त गरेका थिए ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रि, सुरक्षा निकायमा प्रमुख, संवैधानिक निकाय प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत सरिक थिए । यसअघि उनी नेकपा (एमाले) का तर्फबाट राष्ट्रियसभामा सचेतकको भूमिकामा थिईन् । एमालेको केन्द्रीय सदस्यसमेत रहेकी नवनियुक्त मन्त्री न्यौपानेले आजै सिंहदरबार पुगेर पद वहाली गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार