आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

विकासशील राष्ट्रको साझा अनुभव नै कृषिको विकासका लागि ठूलो स्रोत : कृषिमन्त्री

बुधबार, असार ३२ २०८२

काठमाडौं। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओले आयोजना गरेको अन्तर क्षेत्रीय संवाद कार्यक्रममा सहभागी हुन भियतनामको राजधानी हनोईमा रहेका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी एक देश एक प्राथमिक उत्पादन पहलसम्बन्धी उच्च–स्तरीय संवादमा सहभागी भए।

दुई दिन सम्म चलेको एशिया र अफ्रिकाका कृषि सँग सम्बन्धीत मन्त्री तथा वरिष्ठ सरकारी प्रतिनिधिहरू सहभागी कार्यक्रममा मन्त्री अधिकारीले प्राथमिकतामा परेका कृषि उत्पादनहरूको विकास तथा व्यवसायीकरणका लागि एशिया र अफ्रिकी देशहरुबीच अनुभव र सहकार्यको आवश्यकतामा जोड दिए।

“जलवायु परिवर्तनको असर र बजारको समस्या बढ्दै गएको अहिलेको समयमा, विकासशील राष्ट्रहरूको साझा अनुभव नै सबैभन्दा ठूलो स्रोत हुन सक्छ।”

 

मन्त्री अधिकारीले भने, “जलवायु परिवर्तनको असर र बजारको समस्या बढ्दै गएको अहिलेको समयमा, विकासशील राष्ट्रहरूको साझा अनुभव नै सबैभन्दा ठूलो स्रोत हुन सक्छ।”

उनले उच्च मूल्ययुक्त ठूलो अलैंची जस्ता उत्पादनहरूमा नेपालले ध्यान दिइरहेको र यसको प्रशोधन, मूल्य अभिवृद्धि, तथा कृषि उद्यमशीलतामा थप लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार