काठमाडौं(जस)–नेपालको पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले सन् २०१० देखि नै ग्राहकहरूलाई स्वादिष्ट खानासँग जोड्दै दैनिक जीवनमा सहजता र सुविधा पु¥याउने काम गरिरहेको छ । गुणस्तरीय खानाको डेलिभरी मार्फत फुडमाण्डुले ग्राहकहरूलाई सरलता र खुसी प्रदान गर्दै आएको छ ।
आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै फुडमाण्डुले आफ्नो सेवाहरू मार्फत आफ्ना ग्राहकहरूको ‘लाइफ अझै बेटर’ बनाउने विश्वासलाई बढवा दिएको छ । फुडमाण्डुकी ब्रान्ड एन्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराई भन्छिन्, ‘विगत १४ वर्षदेखि हामी हाम्रा ग्राहकहरूको दैनिक जीवनलाई सहज बनाउन प्रतिबद्ध छौं । हामी केवल खाना डेलिभरी मात्र हैन, सो खानाको मार्फत हाम्रा ग्राहकहरू सम्म सहजता र खुसी पनि पुर्याउँछौं ।
‘लाइफ अझै बेटर’ बनाउनु नै सधैं हाम्रो सिद्धान्त रहेको छ । व्यस्त दिनको दिउँसो खाना होस् वा सप्ताहान्तमा प्रियजनहरूसँगको भेला, हामीले हाम्रा ग्राहकहरूको आवश्यकता सधैँ पुरा गर्दै आएका छौँ ।’ आज फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका हजारौं घरदैलोमा खाना पु¥याउने काम गरिरहेको छ । फुडमाण्डुको १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी छ । यसका साथै फुडमाण्डुले वनमार्ट मार्फत ग्राहकहरूको दैनिक आवश्यकता पर्ने सामानहरूका लागि तुरुन्तै डेलिभरी सेवा पनि दिँदै आएको छ ।