आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन खुला

सोमबार, असार ३० २०८२

काठमाडौं(जस)–नेपाल एसबीआई बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले सोमबार ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गरेको हो । बैंकले १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्काशन गरेको हो । ऋणपत्रको कुल इकाइमध्ये ६० प्रतिशत अर्थात १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबरबाट बिक्री गर्नेछ । बाँकी १२ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन् । सो मध्ये ५ प्रतिशत अर्थात ६० हजार इकाई सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।
उक्त ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट अथवा सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन पनि दिन सकिने छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा १२ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। ऋणपत्रको निष्काशन बन्द छिटोमा साउन १ गते हुनेछ । यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा साउन १२ गतेसम्म बिक्री खुला गरिनेछ । बैंकको यो १० वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन्। ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार