आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

इनरुवाको बबियामा श्रीमान् श्रीमती मृत फेला

आइतबार, असार २९ २०८२

इनरुवा, २९ असार । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ९ को बबियामा श्रीमान् श्रीमती मृत फेला परेको छ । बबियामा अन्तर जातीय विवाह गरेको जोडी एकसाथ आफ्नो घरमा मृत फेला परेको हो ।

इनरुवा नगरपालिका वडा नम्बर ९ निवासी शुकदेव शर्मा खत्वेको श्रीमती ३० वर्षीया सबेदा खातुन ओछ्यानमा मृत फेला परेकी छिन् भने श्रीमान् शुकदेव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले शवको मुचुल्का तथा पोस्टमार्टम गर्न लाने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान सुरु गरेको जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार