मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिव फणिराज पाठकलाई प्रहरीको ‘केरकार’

शुक्रबार, असार २७ २०८२

काठमाडौँ, २७ असार । पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिव फणिराज पाठकलाई जिल्ला प्रहरी परिसर, काठमाडौँले सोधपुछका लागि बोलाएको छ।

परिसरका प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार संविधानले नचिनेका भाषा विज्ञप्तिमा प्रयोग गरेपछि संवाद सचिवालयको आधिकारिता लगायतका विषयमा बुझ्न पाठकलाई बोलाइएको हो ।

पाठकले जारी गर्ने विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज सरकार’ लेख्ने गरेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले उपस्थित हुन भन्दै सम्पर्क गरेपछि पाठक जिल्ला प्रहरी परिसर, भद्रकाली गएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार