आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

याडिया नेपालले ‘ई८एस प्रो’ स्कुटरमा विशेष छुट दिने

बिहिबार, असार २६ २०८२

काठमाडौं(जस)–विश्वको नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्डको रूपमा लगातार ८ वर्षसम्म सफलता हासिल गरेको उपलक्ष्यमा याडिया नेपालले ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत याडिया ई८एस प्रो स्कुटरमा उल्लेखनीय छुट दिइएको छ । पहिले रू. २,३०,००० पर्ने यो स्कुटर हाल सीमित स्टकका लागि मात्र रू. १,८५,००० मा उपलब्ध भएको कम्पनीले जनाएको छ ।
याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिका प्रतिनिधिका अनुसार, “हामीले पाएको विश्वव्यापी सफलताको श्रेय हाम्रा विश्वासिलो ग्राहकहरूलाई जान्छ । यो अफर उनीहरूप्रतिको हाम्रो कृतज्ञता हो ।”अफर अन्तर्गत, स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकलाई याडिया ब्राण्डको हेल्मेट, रेनकोट र पेन पनि उपहारस्वरूप प्रदान गरिनेछ । स्मार्ट सवारी प्रयोगकर्ताहरूका लागि लक्षित गरिएको याडिया ई८एस प्रोमा आधुनिक प्रविधि र आरामको विशेष संयोजन पाइन्छ ।
स्कुटरमा निम्न विशेषताहरू रहेका छन् ः
शीर्ष गतिः ६० किमी÷घण्टा
दायराः एक चार्जमा अधिकतम १५० किमी
ब्याट्रीः ७२ख् ३८ब्ज ग्राफिन ब्याट्री
मोटर पावरः ३०००ध् सम्म
पांग्राः १२ इञ्चका अलोय रिम
सस्पेन्सनः हाइड्रोलिक
भण्डारणः ३२ लिटरको अन्डर–सीट बुट स्पेस
ड्यासबोर्डः डिजिटल डिस्प्ले र स्मार्ट इन्डिकेटरहरू
याडिया ई८एस प्रो शून्य ध्वनि, शून्य धुवाँ र न्यूनतम खर्चमा अधिकतम सुविधा दिन सक्ने स्कुटरको रूपमा चिनिन्छ । कम्पनीले यो अफर सीमित अवधिका लागि मात्र रहेको जानकारी गराएको छ । प्रिमियम इलेक्ट्रिक स्कुटर सुलभ मूल्यमा किन्न चाहने ग्राहकका लागि यो सुनौलो अवसर हुन सक्ने विज्ञहरूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार