काठमाडौं(जस)–हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभी (ज्थगलमबष् ऋचभतब भ्ख्) किन्न चाहने ग्राहकलाई लक्षित गर्दै नयाँ किस्ता योजना सार्वजनिक गरेको छ । अब ग्राहकहरूले हुन्डाई क्रेटा ईभी एजुकेटिभ भेरियन्ट दैनिक मात्र १६२० रुपैयाँ तिरेर किन्न सक्नेछन् । हालै नेपाली बजारमा भित्रिएको क्रेटा ईभी चार फरक भेरियन्टमा उपलब्ध छ ः एजुकेटिभ – रू. ५१.९६ लाख
स्मार्ट – रू. ५४.९६ लाख
स्मार्ट (अप्सनल) – रू. ५६.९६ लाख
प्रिमियम प्लस – रू. ५९.९६ लाख
कम्पनीले सार्वजनिक गरेको नयाँ योजना विशेषगरी एजुकेटिभ भेरियन्टमा लागू हुन्छ । यस योजना अनुसार, ग्राहकले गाडीको मूल्यको ४० प्रतिशत अर्थात् रू. २० लाख ७८ हजार ४०० सुरुवाती किस्ताको रूपमा तिर्नुपर्नेछ । बाँकी रकम कर्जा स्वरूप बैंक वा वित्तीय संस्थाबाट लिने व्यवस्था मिलाइएको छ । कम्पनीले ७ वर्ष अवधिको लागि ७.९९ प्रतिशत स्थायी ब्याजदरमा उपलब्ध गराएको कर्जामा मासिक किस्ता ४८ हजार ५७६ पर्छ, जसअनुसार दैनिक रू १६२० पर्ने कम्पनीले बताएको छ । हुन्डाईको लोकप्रिय एसयूभी क्रेटाको इलेक्ट्रिक संस्करण क्रेटा ईभीमा ४२ किलोवाट आवर क्षमताको एनसीएम ब्याट्री र ९९ किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ । यो मोडलले छोटो समयमै ग्राहकको आकर्षण पाउन सफल भएको कम्पनीको दाबी छ । यस किस्ता योजनाले विद्युतीय गाडीप्रति आकर्षण बढाइरहेको बजारमा नयाँ उत्साह थप्ने विश्वास कम्पनीले लिएको छ ।