मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सिन्धुलीको ढुङ्ग्रेवास पारि कुमाल फाँटमा विधुत अवरुद्ध, स्थानीयलाई सास्ती

बिहिबार, असार २६ २०८२

सिन्धुली, २६ असार । सिन्धुलीको कमलामाई नगरपालिकास्थित ढुङ्ग्रेवास दुई नम्वर गेट पारि कुमाल फाँट आसपास क्षेत्रमा पटक पटक लोडसेडिङ हुँदा स्थानीय पिडित बनेका छन् ।

३७ घरमा विजुलीवत्ती पटक पटक जाँदा स्थानीयले गर्मीको बेला पङ्खा चलाउन र रातिको बेला बत्ति बाल्न पाएका छैनन् । साथै मोटरबाट पानी तान्न पनि समस्या भएको स्थानीय सन्तोष बोहराले दुखेसो पोखे ।

उनले भने, ‘वरिपरि विजुली वत्ती वल्ने हाम्रोतिर वत्ती जाने विषयमा विपि नगर आदर्श टोलवाट डेलिगेसनसहित विद्युत अफिस माझीटारमा पुगी यथासिघ्र समस्या समाधान गरिदिनुहुन अनुरोध गरियो ।’

उनका अनुसार पाँच दिनभित्र समस्या समाधान भई वजार क्षेत्रवाट जाने लाईनमा जोडदिने वाचाप्रतिवद्दता विधुत प्राधिकारणबाट जाहेर भएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार