आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेकपा एसको सचिवालय बैठक जारी

आइतबार, असार २२ २०८२

काठमाडौं, २२ असार । नेकपा (एस) को सचिवालय बैठक अहिले बसिरहेको छ।

बिहीबार केहीबेर बसेर स्थगित बैठक आज केहीबेर अघिबाट सुरू भएको हो। बैठकमा पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालमाथि लागेको भ्रष्टाचार मुद्दा, समसामयिक राजनीतिक विषय मूख्य एजेण्डा छन्।

त्यस्तै नेतृ रामकुमारी झाँक्रीले केही दिनअघि नेपालमाथि दिएको विस्फोटक अभिव्यक्तिले पनि प्रवेश पाउने बताइएको छ। आजको बैठकले उनीमाथि कारबाहीबारे केही निर्णय गर्ने सम्भावना रहेको उपाध्यक्ष जयन्ती राईले बताइन्।

बिहीबारको सचिवालय बैठकमा पार्टिका अधिकांश नेताले झाँक्रीले बोल्नै नहुने कुरा बोलेको भन्दै पार्टीबाट निष्कासन गर्नुपर्ने धारणा राखेका थिए। त्यसदिन केही नेताले बोलेका थिए। बाँकी नेताले आज धारणा राख्ने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार