काठमाडौं, १९ असार । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ । बिहीबा दिउँसो पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको प्रचारप्रसार विभागले जनाएको छ ।
बैठकमा विविध विषयमा छलफल गरिनेछ । समसामयिक राजनीति, अध्यक्ष माधवकुमार नेपालमाथिको पतञ्जलि जग्गा भ्रष्टाचार मुद्दा, पार्टी सदस्यको अनुशासनलगायत विषयमा छलफल गर्ने तयारी छ ।