काठमाडौं, १८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गरेकी छन् ।
उनले सरकारी सेवासुविधा फिर्ताको निवेदन गृहमन्त्रालयमा बुधबार दर्ता गराएकी छिन् । भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ।
भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव, कार्यालय सहयोगी समेतको लागि मासिक डेढ लाख रूपैयाँ उपलब्ध गराएको गृह मन्त्रालयले जनाएको छ। तर भण्डारीको स्वकीय सचिव, कार्यालय सहयोगी समेतले आजकै मितिबाट सो सुविधा पाउने छैनन्।