आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एएफसी महिला एसियन कप छनोट : श्रीलंकासँग प्रतिस्पर्धा गर्दै नेपाल

बुधबार, असार १८ २०८२

काठमाडौं, १८ असार । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज एएफसी महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ। दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकालाई फराकिलो अन्तरले हराउने लक्ष्य सहित नेपाल मैदान उत्रिने छ।

उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रंगशालामा ६ : १५ मा सुरु हुने खेलमा नेपाल अन्तिम खेल अगाडी आफ्नो रवाफ कायम राख्न चाहन्छ। पहिलो खेलमा नेपालले आइतबार लाओसमाथि ९–० को फराकिलो जित हासिल गरेको थियो। श्रीलंका भने घरेलु टोलीसँग १०–० ले पराजित भएको थियो।

मुख्य प्रशिक्षक प्यट्रिक डी वाइल्डले पहिलो खेलमा टोलीमा नियमित टिममा ठुलो बदलाभ ल्याएका थिए। उक्त खेलमा फरवार्ड सावित्रा भण्डारीले पहिलो पटक कप्तानको भुमिका समालेकी थिइन्। नेपाली राष्ट्रिय महिला टोलीकी ११औं कप्तान बनेकी सावित्राले आफ्नो कप्तानी खेलमै ह्याट्रिक सहित ४ गोल गर्दा अनिता बस्नेत, सरु लिम्बु, रश्मीकुमारी घिसिङ र अनिता केसीले समान एक(एक गोल गरेका थिए।

फिफा वरियताका आधारमा श्रीलंका समूहको सबैभन्दा कमजोर टोली हो। पछिल्लो एक वर्षमा मात्र चार अन्तर्राष्ट्रिय खेल खेलेको श्रीलंका पहिलो पटक एएफसी एसियन कपको छनोट प्रतियोगिता खेलिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार