आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कक्षा ११ को छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिकाले खुलायो आवेदन

बुधबार, असार १८ २०८२

काठमाडौँ, १८ असार । काठमाडौँ महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन खुला गरेको छ।

महानगरपालिकाको शिक्षा विभागले बुधबार सूचना जारी गरी शैक्षिक सत्र २०८२/०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो। इच्छुक विद्यार्थीले बुधबारदेखि नै अनलाइन आवेदन फाराम भर्न सक्नेछन्।

आवेदन दिने अन्तिम मिति असार २७ गतेसम्मको लागि तोकिएको छ। छात्रवृत्तिका लागि छनोट परीक्षा आगामी साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार