आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एसीसी यू–१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा

मंगलबार, असार १७ २०८२

भुटानमाथि नेपालको २९८ रनको जित, नेपालको सामना मलेसियासँग
काठमाडौं(जस)–एसीसी यू–१६ इस्ट जोन प्रतियोगिताको सेमिफाइनलको समीकरण पुरा भएको छ । मंगलबार समुह चरणका खेल सकिएपछि सेमिफाइनलको समीकरण पुरा भएको हो । समुह ए बाट नेपालले आफ्ना चारै खेल जितेर शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ भने समुह ए बाट सिंगापुर ४ खेलमा ३ खेल जितेर समुहमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह ए बाट जापान, इन्डोनेसिया र भुटान बाहिरिएका छन् ।
त्यसैगरी समुह बी बाट हङकङ चाइनाले चारै खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै मलेसियाले ३ खेल जितेर दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । समुह बी बाट थाइल्याण्ड, म्यान्मार र माल्दिभ्स समुह चरणबाटै बाहिरिएका छन् । अब सेमिफाइनलमा नेपालको सामना मलेसियासँग हुने भएको छ भने अर्को सेमिफाइनलमा हङकङ चाइना र सिंगापुर खेल्ने छन् । सेमिफाइनलका दुवै खेल विहिबार हुने छन् । त्यस्तै तेस्रो स्थान र फाइनल खेल आगामी शनिबार हुने छन् ।
भुटानमाथि नेपालको २९८ रनको जित
नेपालले भुटानलाई २९८ रनले पराजित गरेको छ । जारी एसीसी यू–१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको खेलमा नेपालले दिएको ३५९ रनको लक्ष्य पछाएको भुटान ३२.४ ओभरमा ६० रन बनाएर अल आउट भएपछि नेपाल २९८ रनले विजयी भएको हो । भुटानको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा नेपाली बलर विपिनप्रसाद शर्माले ४ विकेट लिए भने सुयोग भट्टराई र सचिन भट्टले २–२ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउदै ३५८ रन बनाएको थियो ।
नेपालका लागि रौनक श्रीवास्तवले अविजित १६८ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै जोय थापाले अविजित ६१ रन बनाए भने शिवांश बजगाईंले ५४ र सुगम बुढाथोकीले ३५ रन बनाएका थिए । त्यस्तै भुटानका बलर सांगे दोर्जीले ३ विकेट लिएका थिए । यो जितपछि नेपाल समुह ए मा चारै खेल जितेर समुहमा शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । यस समुहबाट सिंगापुर दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ । त्यसैगरी भुटानले भने आफ्ना चारै खेलमा हार बेहोरेर बाहिरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार