आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

युएइमा श्रमिक सचेतना कार्यक्रम गर्दै नेपाली दुतावास, सकारात्मक नतिजा आउनेमा आशावादी

मंगलबार, असार १७ २०८२

जनसवाल  – नेपाली श्रमिकहरुको उच्च रोजाइमा रहेको युएइमा नेपाली दुतावासले श्रमिक मैत्री विभिन्न कार्यक्रम गर्ने योजना बनाइ कार्यन्वयनमा उत्रन थालेको छ।

श्रमिकको रुपमा आउने अदक्ष कामदारहरुको बढ्दो समस्याको समाधान हेतु दुतावास सक्रिय रुपमा लाग्न थालेको श्रम सहचारी पंकज कर्ण बताउछन। यहि कार्यको निरन्तरता स्वरुप नेपाली राजदूतावासवाट अबुधावीस्थित तवजिह मुसफ्फा सेन्टरमा प्रोफाइल रिक्रुटमेन्टमा कार्यरत नेपाली कामदारहरुलाइ श्रम सचेतना दिने कार्य गरिएको हो। २०८२/३/१६ गते गरिएको सो कार्यक्रममा दुतावासको तर्फबाट श्रम काउन्सेलर दिपेन्द्र पौडेल , श्रम सहचारी पंकज लाभ कर्ण र पि आर ओ इरफान आलमको सहभागीता थियो।

उल्लेख्य संख्यामा उपस्थित श्रमिकहरूला युएइमा पालना गर्नु पर्ने विभिन्न कानून सम्बन्धि विषय, सामाजिक सुरक्षा कोषको आवद्धतालाइ निरन्तरता दिने विषय, श्रमिकहरूको स्वास्थ्य सुरक्षा तथा विविध विषयमा जानकारी गराइएको थियो ।अपरिहार्य कानुनको बारेमा बेखबर रहनुको कारण नेपाली श्रमिकहरु विभिन्न कानुनी उल्झनमा फस्ने र दुख पाउने संख्या बढ्दै गएकोले सो न्यूनीकरण गर्न यो कार्यक्रम आयोजना गरेको पौडेलले बताए।

कामदारहरुसंग राजदूतावास सदैव साथमा रहेको बताउदै , केही समस्या आइपरेमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय मातहत २४ घण्टा खुला रहेको श्रम कल सेन्टरमा निशुल्क फोन गर्न, राजदूतावासमा प्रत्यक्ष, फोन वा ह्वाट्सएप र ईमेलमार्फत सम्पर्क गर्न सुझाव दिइएको थियो। यो एक कार्यक्रममात्र हैन, यसको निरन्तरता हुने र ज्यादा नेपाली कामदारहरु रहेको विभिन्न कम्पनिमा सहजीकरण गरि यस्तो कार्य गरि रहने दुतावास कर्मचारीले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार