सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एसईईमा कञ्चनपुरमा तीन विद्यालयको नतिजा शून्य

मंगलबार, असार १७ २०८२

कञ्चनपुर, १७ असार । कञ्चनपुरमा तीन विद्यालयको नतिजा शून्य आएको छ । शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका अनुसार शैक्षिक सत्र २०८१ मा भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को जिल्ला स्थित तीन विद्यालयमा नतिजा शून्य आएको हो ।

गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई नतिजाको तथ्याङ्कअनुसार, पुर्नवास नगरपालिकाका दुई विद्यालय र लालझाँडी गाउँपालिकाको एक विद्यालयको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले बताए ।

परिक्षाफल शून्य आएपछि अभिभावकहरुले भने शिक्षकहरु राजनिति तर्फ केन्द्रित हुँदै गएको आरोप लगाएका छन् । पुर्नवासका स्थानीय हरी विकले शिक्षकहरुले राजनीतिभन्दा पनि अध्यापनमा समय दिनुपर्ने सुझाव दिए ।

लालझाँडी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको नतिजा शून्य आएको छ । एसइई परीक्षामा सो विद्यालयबाट ३६ परीक्षार्थी सहभागी भएकोमा नतिजा भने शून्य आएको पालिकाको शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले बताए ।

लालझाँडी गाउँपालिकामा सामुदायिक र संस्थागत गरी आठ विद्यालयबाट २६० विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । उक्त पालिकामा ३३.१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक रोमाकान्त उपाध्यायले अङ्ग्रेजी र गणित विषयमा अत्यधिक विद्यार्थी फेला भएका बताए । विद्यालयमा विषयगत शिक्षकको अभावलगायत विविध कारणले नतिजा शून्य आएको उनले बतानए । विद्यालयमा दरबन्दी अनुसार शिक्षकको अभाव रहेको उनले बताए । शिक्षक, अभिभावक, विद्यार्थी सबैले सुधार गर्दे जानुपर्ने आवश्यकता देखिएको उनले बताए ।

पुर्नवास नगरपालिकामा सामुदायिक र संस्थागत गरी २६ विद्यालय रहेका छन् । जहाँ वडा नम्बर १ अंशुवर्मावस्तीको शान्ति मावि र पुरैनास्थित रामबुद्ध माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले एसईई परीक्षा उत्तीर्ण गर्न नसेकेको पुर्नवास नगरपालिकाको शिक्षा शाखा प्रमुख शिवराज भट्टले बताए ।

शान्ति माविबाट १७ जना र रामबुद्ध माध्यमिक विद्यालयबाट ११ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए । तर उनीहरूको नतिजा भने शून्य आएको हो । परिक्षाफल शून्य आएपछि अभिभावकहरुले भने शिक्षकहरु राजनिति तर्फ केन्द्रित हुँदै गएको आरोप लगाएका छन् । पुर्नवासका स्थानीय हरी विकले शिक्षकहरुले राजनीतिभन्दा पनि अध्यापनमा समय दिनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार