शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

बद्री केसी समुहलाई एनआरएनए युएईका महासचिव वाग्लेद्वारा खुल्ला चुनौती, उठाए नैतिक र कानूनी प्रश्न

मंगलबार, असार १७ २०८२

काठमाडौ, १७ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी, युएईका महासचिव भुवनकुमार वाग्लेले एनआरएनए अध्यक्ष पदमा पराजीत बद्री केसी र सचिव हुँदै दुई कार्यकाल महासचिव पदमा रहेर काम गरिसकेका एनआएनए अभियनता गौरीराज जोशीलाई प्रश्न सोध्दै चुनौती दिएका छन् । वाग्लेले केसी समूहले गरेका कर्तुतहरुका बारेमा सामाजिक सञ्जालमार्फत नैतिक एवम् कानूनी प्रश्न उठाएका छन् ।

यस्तो छ उनले लेखेको खुला पत्र :

“आदरणीय बद्रीजी र गौरीजी, उमेर त हाम्रो उस्तै होला, तर यस एनआरएनए अभियानमा म यहाँहरूको लागि बच्चा नै हो । तर बालक श्रीकृष्णले बिष मिसाएर दूध पिलाउन आउने पूतनाको प्राण चूसेको कथा झैंं तपाईहरूसंग लड्नूपरो । दूःखी छू । तर मेरो कर्मभूमि यूएईका ७ लाख नेपाली श्रमिकलाई खाडीमा भेडा चराउने भनेर हेप्ने र कोभिडग्रस्त बेलामा आईएलओको पैसाले उद्दार गरेको बहानामा पैसा कूम्लाएर हाईड्रोमा शेयर हाल्ने सूकिलामूकिला अर्बपतिसंग लड्नूको मजा बेग्लै छ । हाम्रा ल्यापटप कता गए, मेरो भाइ प्रबिनका बिल कसरी पास भए, त्यतिबेला प्रबिनका हरेक ईमेल ड्राफ्ट गर्ने यै भूवन वाग्ले हो । यस्तो भ्रस्ट गतिविधि रोक्नूपर्छ भनेरै म एनआरएनएमा आएको हो ।

श्रमिकका लागि आएको पैसाको हन्डी यूएईमा ककसले खाए, त्यसको छानविन समितिमा बसेर काम गर्ने र भ्रस्टाचारीलाई कारबाही गर्ने आदरणीय सल्लाहकारद्वय भुवानी प्रसाद तिमल्सिना र लक्ष्मण खनाल हामीसंगै हूनूहून्छ । त्यतिबेलाका आईएलओ मिसनका हाकिम मेरो गाउंले दाई राजेन्द्र राउतलाई हिसाब मिलान गरेको पूरस्कार स्वरूप आईसिसी कार्यालयको सिईओ पदको बक्सिस दिएको सबैलाई थाहा नहून सक्छ ।

३ वटा अध्यक्षको गाईजात्राको अन्तिम अध्यक्ष भएर चूनाब गराउने बठ्याई गरेर हाम्रो तत्कालीन एनसीसी अध्यक्ष ठाकूरप्रसाद ढूंगानालाई ईमेलको बर्षात गरेर एनसिसी नै खारेज गर्ने धम्की दिने बद्रीजीको ईमेलको उत्तर दिने डेस्क सम्हाल्ने मान्छे यही भुवन वाग्ले हो । बाध्य भएर आफै आएर यहांको एनसीसीलाई आफ्ना पक्षमा ३३ जना डेलिगेट चाईयो भनेर मागेर हामीले दिन्छौ भनेपछि श्रद्देय अध्यक्ष बिकास शाही र म महासचिव त्यतिवेलै बनेका हौ । चूनाबको राति तपाईका समर्थक ७ जना स्वर्ग जाने कूकूरको कानमा किर्ना पनि स्वर्ग गएजस्तै यो कमिटीमा थपेर हामीले बैधानिकता खोसेर लिएको हो । तपाईहरूले दान दिएको हैन ।

सोल्टी होटलमा अक्टोबर २०२३ मा भएको निर्वाचनमा भेरोसंग सम्झौता गरेर आईटी व्यवसाय गर्ने गौरीजीका ईन्जिनियर राखेर झेली गरी तत्कालीन कोषाध्यक्ष उम्मेदवार आदरणीय ठाकूर ढूंगानालाई ५ भोटले हराउने, उपाध्यक्ष केशब पौडेलको शून्य मत देखाउने र एनआरएनएले आदरणीय आरके शर्मा दाईलाई ईतिहासमै मध्यपूर्वको पहिलो अध्यक्ष पाउने २२ लाख मजदूरको सपना तूहाउने योजनाकारहरू तपाई दूई मौसेरे भाई नै हूनूहून्छ ।

मेरा केही प्रस्नहरू छन । हिम्मत छ भने सार्वजनिक उत्तर दिनूहोस ।

प्रश्न १ – तपाईहरूको काईते पत्र पढियो । एनसीसी यूएईलाई तपाईको गूलामी नगरेको कारण सम्वन्धन खारेज र तिनै कूकूरको कानमा रहेको किर्ना झै आएर उपाध्यक्ष भएका व्यक्तिलाई तदर्थ समितिको संयोजक बनाउने पत्रको बेहोरा थियो । डेलिगेटको भीख मागेर दिएको सम्वन्धन खारेज गर्न तपाईसंग के नैतिकता छ ? ऐलेसम्म एनसीसी यूएईलाई फूटाउने र बिगार्ने र उद्दारको नाममा आईएलओको बजेट झ्वाम पार्ने बाहेक के सिन्को भाच्नूभएको छ यो २ बर्षमा ?

प्रस्न २- तपाईहरू झगडीया हो । सर्वोच्च र पूनराबेदनमा कतिबटा मूद्दा हाल्नूभो हालसम्म ? ती मूद्दाको खर्चमा यूएईका श्रमिकले छाक कटाएर तिरेको ५ डलरको अंस छ । तपाईलाई त्यो खर्च गर्ने अख्तियारी कसले दियो रुरु तपाई कोषाध्यक्षदेखि अध्यक्ष हून्जेल र यो २ बर्षमा तपाईले मनोमानी गरेको खर्च भ्रस्टाचार हैन ? हामी एनसीसीहरू मिलेर तपाई विरूद्द अख्तियारमा मूद्दा हाल्न मिल्छ कि मिल्दैन ?

प्रश्न -३ सम्मानित सर्वोच्च अदालतले परमादेश जारी गरि आदरणीय शेष घलेको संयोजकत्वमा गठित HLC ले बैधानिक चूनाव गराई आदरणीय महेश श्रेष्ठज्यूको अध्यक्षतामा कमिटी गठन भै परराष्ट्र र राजदूताबासले समेत ईन्डोर्स गरिसकेको अबस्थामा जबरजस्ती गून्डा स्टाईलले कार्यालय कब्जा गर्ने तपाईहरूलाई कसले अधिकार दियो ? सम्माननीय प्रधानमन्त्रीज्यूलाई गलत ब्रिफिंग गरेर त्यही आधारमा जबरजस्ती गर्नेले हाम्रो कमिटी खारेज गर्ने तपाईलाई अलिकति लाज लाग्दैन ?

प्रश्न-४ श्रद्देय अध्यक्ष बिकास शाहीको नेतृत्वको नेपाल एसोसिएसनले राजदूताबास र संघसंस्थाहरूसंग मिलेर तपाईंहरूको एक थोपो सहयोग र साथ बेगर ११ वटा श्रमिकका सचेतना सहित पासपोर्ट बूटक्याम्प गर्नू अपराध हो ? दूबईमा कन्सूलर कार्यालय खोलेर ५ लाख बढी दूबई र उत्तरी ईमिरेटका नेपाली श्रमिकका लागि सूबिधा दिनू अपराध हो ?

ईतिहासमै पहिलोपटक ६०००० मान्छे भेला पारेर नेपाल फेस्टिभल गर्नू अपराध हो रुरु खेलकूद सॉस्कृतिक कार्यक्रम गरेर श्रमिकहरूलाई खूशी बनाउनू अपराध हो ? सिस्नोपानी नेपालका कलाकार बोलाएर क्याम्पक्याम्पमा हास्यव्यंग्य कार्यक्रम गरेर श्रमिक खूशी पार्नू अपराध हो ? महिनामा ३०र४०को मृत्यूहूने श्रमिकका सैयो लासहरू नेपाल पठाउनू अपराध हो ? मानब तस्करले अलपत्र पारेका अबैध स्टाटसमा बसेका रोगी बिरामी पीडीत पागल हजारौ नेपाली दाजूभाई दिदीबहिनीको उद्दार गर्नू कागजात बनाएर टिकट काटेर पठाउनू अपराध हो ? कैयौ फसेका पैसा उठाईदिनू, झगडा मिलाईदिनू, अपराधी तस्करलाई प्रहरीमा बूझाउनू अपराध हो ?

बिना बूबाका बच्चा बोकेका सूत्केरीलाई ६ महिना पालेर नेपाल पठाउनू अपराध हो , महिला तथा श्रमिकको क्षमताबृद्दि गर्न काम गर्नू अपराध हो ?

प्रश्न-५ तपाईंहरू आफै अबैध हो । तपाईकि महिला उपाध्यक्षले लास पठाउन पैसै नदिई पैसा दिएं भनेर विज्ञप्ति निकाल्ने र मैले आगो बालेपछि पछि हाम्रै कोषको पैसा खर्च गरेर फोटो खिचाउन जाने तपाईहरू नै हैन ? के नैतिकता पढाउनूहून्छ हामीलाई ? के औकात छ तपाईहरूको हामीलाई सम्बन्धन खारेज गर्ने ?

तपाईंहरू आफै अबैध हो । तपाईकि महिला उपाध्यक्षले लास पठाउन पैसै नदिई पैसा दिएं भनेर विज्ञप्ति निकाल्ने र मैले आगो बालेपछि पछि हाम्रै कोषको पैसा खर्च गरेर फोटो खिचाउन जाने तपाईहरू नै हैन ? के नैतिकता पढाउनूहून्छ हामीलाई ? के औकात छ तपाईहरूको हामीलाई सम्बन्धन खारेज गर्ने ?

प्रश्न-६ एनसीसीहरू स्वायत्त हून । तपाईहरू ठीक ठाममा बसे हामी तपाईलाई मान्थ्यौ । मानेकै हो । तर कूकूर र बिरालाजसरी झगडा गरेपछि तपाईलाई किन मान्ने रुरु हामी महेश श्रेष्ठको कमिटी बाहेक अरूलाई चिन्दैनौ । हामीले एमओयू पनि गरिसक्यौ । हामी सही समयमा ५० हजार मेम्बर हाम्रै पोर्टलबाट बनाएर यहांको अथोरिटीसंग सल्लाह गरेर निर्वाचन गर्नेछौ । तपाईंको MIS वाट तपाईका यहांका मान्छेले कति सदस्य बनाए रु हामीलाई थाहा छैन ? क्याम्पहरूमा राति गएर थकित भएका सूतेका लाटासोझा श्रमिकलाई विउंझाएर मोवाईल मागेर आफै दनादन भरेका फर्म चै कसरी बैधानिक भए ?

अन्त्यमा, हामी यहांको अथोरिटीमा दर्ता छौ । यूएईको कानून मान्छौ । तपाईले लेखेको आईसिसि बिधानमा स्थानिय कानून र आईसिसिको कानून बाझिएमा स्थानिय एनसीसीकै कानून लागू हूनेछ भनेर स्पस्ट लेखेको छ । अझ HLC ले रबीना दिज्यूको अध्यक्षतामा बिधान समिति गठन गरेर नयां विधान आउंदैछ । कृपया हामीलाई नचलाउनोस । तपाईका विषाक्त प्रसिक्षणले हाम्रा बाटो विराएका यूएईका दाईभाईलाई हामी विधिपूर्वक सम्झाउछौ र हामी फेरी मिल्नेछौ ।
आजबाट तपाईहरू दूबैको कलिंग नंवर र ह्वाट्सएप डिलिट गर्नेछू ।

खाडीको श्रमिक हूं । भोलि काम गर्न जानूपर्छ । तपाईको जति धन छैन । श्रीमती वालवच्चा पाल्नूपर्छ । राति धेरै भो ।
धन्यवाद
उही
भूवन

नोट : यो मेरो निजी पत्र हो । म विरूद्द मानहानिको मूद्दा लगायत सकेको गरे हून्छ । आखिर झगडिया हो। मूद्दा हाल्न च्याम्पियन हूनूहून्छ । हाम्रो कोष छदैछ । खूल्ला चूनौती छ । म मेरा श्रमिक दिदिबहिनी दाजूभाईका लागि शहीद हून तयार छू ।
मेरो पबित्र संस्था नेपाल एसोसिएसनको आधिकारिक विज्ञप्ति लेटरहेडमा आउनेछ । यो लेखाईको संस्थाले जिम्मा लिदैन । म लिन्छू ।
जय शम्भो !!”

प्रतिक्रिया
सम्बन्धित समाचार