आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कम्युनिष्ट पार्टी आन्दोलनमा राजनीतिक, सैद्धान्तिक, व्यावहारिक र सांस्कृतिक विचलन देखिए : प्रचण्ड

शनिबार, असार १४ २०८२

काठमाडौं , १४ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय विचलन आएको बताएका छन् । शनिबार (आज) भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पार्टी आन्दोलनमा विभिन्न किसिमका राजनीतिक, सैद्धान्तिक, व्यावहारिक र सांस्कृतिक विचलन देखिएको उनले उल्लेख गरे । कम्युनिस्ट पार्टीको सुरुआत अवस्थाको समर्पण भाव, त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने प्रतिबद्धताअनुसार हाल आन्दोलन अघि नबढेको उनले बताए ।

हाल सबैतिर पद र व्यक्तिगत स्वार्थका निम्ति तँछाड मछाड भइरहेको उनले टिप्पणी गरे । अध्यक्ष प्रचण्डले यही अवस्था चलिरहेमा कम्युनिस्ट वर्गले देखेको सपना पूरा हुन नसक्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार